केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेसबुकमा स्ट्याटस छोडेर युवकले गरे आत्महत्या

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२३, मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ का २२ वर्षीय नवीन घलेले फेसबुकमा स्ट्याटस पोष्ट गरेर आत्महत्या गरेका छन् । फेसबुकमा ‘युजर डेड, फर्गेट मी’ लेखेर पोष्ट गरेपछि नवीनले आत्महत्या गरेका हुन् ।

उनको केहि समय पहिले देखिकै फेसबुकमा दुखद किसिमका तस्वीर र स्ट्याटस हाल्ने गरेको पाइएको छ । उनको तस्वीर पनि व्याक एण्ड ह्वाइट छ । आत्महत्या गर्नु भन्दा पहिलेको उनको स्ट्याटसमा उनले लेखेका छन् ‘मैले जस्तो गल्ती कसैले नगर्नुहोला’ ।

यो अप्रिय घटनाका कारण उनको परिवारजन अहिले गम्भिर सोकमा परेका छन् । २२ वर्षका नवीनले एस.एल.सी सम्म अध्ययन गरेका थिए भने पछिल्लो समय उनी विदेश जाने सोचले तयारी गर्दै गरेको पारिवारिक स्रोतले जनाएको छ ।

गत १४ गते पनि चितवनका निश्चल तामाङले फेसबुकमा लाइभ देखाएर नै झुण्डिएर आत्महत्या गरेका थिए । आजभोली फेसबुकमा जानकारी गराएर वा देखाएर आत्महत्या गर्ने युवायुवतीहरुको संख्यामा वृद्धि हुँदै गइरहेको छ । यस विषयमा प्रत्येक अभिभावकहरुले गम्भिर भएर सोच्नु पर्ने देखिन्छ ।

प्रकाशित : 9 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्