केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवरात्रको दोस्रो दिन आज दिर्घजीवनका लागी ब्रह्मचारिणीको पूजा गरिँदै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२५, नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।

ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ ।

नवरात्र अन्तर्गत दोस्रो दिन आज देवी भगवतीको दर्शन र आराधनाका लागि देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ ।

 

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्