नवरात्रको सातौ दिन आज फूलपाती, देशभरका शक्तिपीठमा पूजाआजा गरिँदै

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३० आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभरका शक्तिपीठमा फूलपाती भित्रयाइँदै छ । बडा दसैँका बेला घटस्थापना गरी नवदुर्गाको स्तुति गरिएको स्थानमा फूलपाती भित्र्याउने प्रचलन छ ।

दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्रयाउने कार्य गरिन्छ ।

फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।

प्रकाशित : 16 October, 2018

प्रतिक्रिया दिनुहोस्