विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२, आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।

आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी उमङ्गका साथ विजयादशमी मनाइएको हो ।

बडादसैँको दसौँ दिन विजयादशमीको टीका र आशिर्वाद थाप्न आज दिनभर सर्वसाधरण व्यस्त रहे । राष्ट्रप्रमुख राष्ट्रपतिदेखि सर्वसाधरणसम्म दसैँको टीका र जमरा आदन प्रदानमा व्यस्त देखिएका छन् । आजदेखि पूर्णीमाको दिनसम्म आफन्तजनबाट टिका, जमरा थाप्ने गरिन्छ ।

प्रकाशित : 19 October, 2018

प्रतिक्रिया दिनुहोस्