बैतडीमा दुई वर्षमा ७७ महिला तथा बालबालिका बेपत्ता

सहयात्रा टिभी

बैतडी । असोज–४, दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका बेपत्ता भएका छन । । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आ.व २०७४/७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ । हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुन नसकेको प्रहरीको अनुमान छ ।

आ.व २०७३/७४ हराएका ३८ मध्ये १० महिला र ११ बालबालिका र आव २०७४/७५ हराएका ३४ मध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् । यस्तै चालू आ.वमा पाँच जना हराएकामा एक बालिका मात्रै परिवारको सम्पर्कमा रहेकी छिन् ।

हराएपछि खोजबिनका लागी प्रहरीलाई खबर गरेपनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ ।

प्रकाशित : 21 October, 2018

प्रतिक्रिया दिनुहोस्