केपी ओली प्रचण्ड माधव नेपाल एमाले


७ वर्षीया बालिका बलात्कृत,१४ वर्षीया बालिकामाथि बलात्कारको प्रयास

सहयात्रा टिभी

अछाम । कात्तिक–४, अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ ।

दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय खुलाएको छैन ।

गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए । तर, जब उनले २ कात्तिकमा पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत सार्वजनिक भयो । बालिका भागेर घरमा पुगेपछि घटना सार्वजनिक भएको थियो ।

प्रकाशित : 21 October, 2018

प्रतिक्रिया दिनुहोस्