खुला ठाउँमा शौच गर्नेलाई चियानास्ता सहित भव्य सम्मान

सहयात्रा टिभी

कटहरी । मंसिर–१७, मोरङको कटहरी गाउँपालिकाले खुल्ला ठाउँमा दिसा गर्ने दुई जनालाई चोकमा राखेर चियानास्ता र फुलमालासहितको भव्य सम्मान गरेको छ । खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहेको कटहरी गाउँपालिकाले शौचालय निर्माण गर्न अटेर गरी सार्बजनिक स्थानमा शौच गर्नेलाई चोकमा ल्याएर सम्मान गरेको हो ।

मंसिर २९ गते खुला दिशामुक्त क्षेत्र घोषणा गर्न गाउपालिकाले शौचालय निर्माण अभियान तिब्र बनाएको छ । तर शौचालय निर्माण नगरी सार्वजनिक स्थानमा शौच गर्नेलाई नियन्त्रणमा लिएर सम्मान गरेको हो ।

गाउँपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न शौचालय निर्माणका लागि गाउँपालिकाले विपन्न परिवारलाई रिङ पनि उपलब्ध गराएको गाउपालिका अध्यक्ष रामकुमार कामतले बताए ।
अभियानलाई असहयोग गर्ने व्यक्तिहरुलाई दिसा गर्न गएकै बेला प्रहरी लगाएर पक्राउ गर्ने र दिसा गर्न जाँदै गरेकाहरुलाई भने चोकमा ल्याएर चिया नास्ता पनि खुवाउने गरिएको छ ।

प्रकाशित : 3 December, 2018

प्रतिक्रिया दिनुहोस्