म्याक्स इण्टरनेशनल हस्पिटलद्धारा ‘छोरी बचाउ अभियान’ सञ्चालन

सहयात्रा टिभी

विराटनगर । मंसिर–२०, म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने सम्पूर्ण खर्च निःशुल्क गरेको अस्पतालका अध्यक्ष शत्रुघन यादवले बताए ।

उक्त अस्पतालले ज्येष्ठ नागरिक सम्मान सेवा कार्यक्रम पनि सञ्चालन गरेको छ । सो बमोजिम ७० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकलाई अस्पतालको सेवामा २५ प्रतिशत छुटको व्यवस्था गर्नाका साथै शहीद परिवार सम्मान सेवाअन्तर्गत विभिन्न चरणका आन्दोलनमा घाइते/अङ्गभङ्ग भएका तथा शहीद परिवारलाई अस्पतालको सबै सेवामा २५ प्रतिशत छुटको घोषणा गरिएको बुधबार यहाँ आयोजित सम्मेलनमा जनकारी दिइयो ।

आफ्ना सेवाहरु विस्तार गर्दै लैजाने योजनामा रहेको महेन्द्र चोकस्थित सो अस्पताल निर्माणमा रु ११ करोड ५० लाख खर्च भएको थियो । रासस

प्रकाशित : 6 December, 2018

प्रतिक्रिया दिनुहोस्