मानव कल्याण समाजलाई सांसद बस्नेतद्वारा सहयोग
भक्तपुर । पुष–२२, प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मानवीय सेवामा समर्पित चाँगुनारायण– ७ यातु महादेवमा सञ्चालित मानव कल्याण समाज सेवाघरलाई नगद रु ५० हजार र एक हजार थान पुस्तक प्रदान गरेका छन् ।
सांसद बस्नेतले सेवा घरकी अध्यक्ष सुमित्रा चौलागार्इंलाई नगदसहित प्रतिपुस्तक रु ६५० मूल्य पर्ने रु छ लाख ५० हजार मूल्य बराबरको उनी आफँैले लेखेको ‘म महेश’ नामक एक हजार थान पुस्तक प्रदान गरेका हुन् ।
मानवीय आस्था नेपालका संस्थापक एवं संरक्षक सांसद बस्नेतले मानवीय आस्था नेपालको तर्फबाट रु ५० हजार र व्यक्तिगत तर्फबाट पुस्तक प्रदान गरेका हुन् ।
बस्नेतले नगद तथा पुस्तक प्रदान गर्दै स्वच्छ रूपमा मानवीय सेवामा समर्पित संस्था सञ्चालनमा आर्थिक अभावले नरोकिने बताउँदै मानवीय सेवाको भावना विस्तार गर्दै जानुपर्ने बताए । उनले कुनै पनि नागरिक परिवारविहीन अवस्थामा पुग्न नहुने र त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै अनाथ, असहायको आश्रय बनेको सेवाघरलाई स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
पुस्तक बिक्रीबाट आउने रकम सेवाघरमै खर्च गर्ने गरी प्रदान गरेको सेवाघरकी अध्यक्ष चौलागार्इंले बताइन । रासस