सुदूरपश्चिमका प्रदेश प्रमुख नै कालो सूचीमा

सहयात्रा टिभी

काठमाण्डौं । माग–१, प्रदेश नम्बर सातका प्रदेश प्रमुख गर्भनर मोहनराज मल्ल विगतका समयदेखि नै कालो सुचीमा रहेको रहस्य खुलेको छ । कान्तिपुर दैनिकका अनुसार मल्ल २८ वर्षदेखि कालोसूचीकोमा भएको खुल्न आएको हो ।

मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ । उनले लिएको ऋण भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।

मल्ल उनका भाइ मदनबहादुर लगायत मल्लको समूहले २०४१ र ०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार ऋण लिएका थिए । उनीहरुले साँवा व्यााज कुनै पनि नबुझाएकाले कालो सुचीमा राखिएको नेपाल बैंकले जनाएको छ ।

प्रकाशित : 15 January, 2019

प्रतिक्रिया दिनुहोस्