सम्पूर्ण सरकारी सुविधा जनसेवामा : प्रकाशचन्द्र दवाडी

सहयात्रा टिभी

पोखरा । माघ–९, गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताएका छन् ।

गोरखा क्षेत्र नं २(ख) बाट निर्वाचित दवाडीले प्रदेशसभा सदस्यको शपथ लिएको एक वर्षपछि मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस अवधिमा सचिवालयबाट सुविधा, भत्ता आदि वापत खातामा प्राप्त रु सात लाख ३० हजारसहित कूल रु १२ लाख २१ हजार जनसेवामा खर्चिएको जानकारी दिए ।

उक्त रकम छात्रवृत्ति, सामुदायिक भवन, आमा समूह एवं युवा क्लबको क्षमता अभिवृद्धि, उपचार सहयोगलगायतमा खर्चिएको उनले बताए । आफू विभिन्न व्यापार÷व्यवसायमा समेत संलग्न रहेको जानकारी दिँदै उनले व्यवसायबाट प्राप्त आम्दानीको करीब १० प्रतिशत सामाजिक सेवाका क्षेत्रमा छुट्याउने गरेको बताए ।

लामो समयदेखि जापानमा नेपाली ह्याण्डिक्राफ्टको व्यापारसमेत गर्दै आएका दवाडी नेपाली काङ्ग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । जनताले निर्वाचन सम्पन्न भएसँगै ठूलो अपेक्षा गरे पनि ती अपेक्षा पूरा हुन नसकेको उनले बताए । सिंहदरबार जनताको घरदैलोमा पु¥याउने भन्दै राज्य पुनर्संरचना भए पनि जनताले सहज सेवा पाउन नसकेको उनको भनाइ थियो । राजनीतिका साथै आगामी दिनमा केही उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्ने तयारीमा आफू लागिरहेको उनले बताए ।रासस

प्रकाशित : 23 January, 2019

प्रतिक्रिया दिनुहोस्