कोरोना भाइरसबाट थप एकको मृत्यु,कुल मृतक संख्या २५ पुग्यो
स्याङ्जा । असार–११,स्याङ्जामा बिहीबार बिहान मृत्यु भएका पुरुष ५५ बर्षिया स्थानीय किराना तथा खाजाको पसल गर्ने स्थानीय व्यापारी रहेको खुलेको छ । मृत्यु भएका पुरुष किराना सहितको व्यापार गर्ने र पुतलीबजारबाट समाग्री लिने गरेको तथा विगतछ महिनादेखि घरबाट बाहिर ब्यापार बाहेक अन्य कामको लागि ननिस्केको परिवारस्रोतले जनाएको छ ।कुनै ट्राभल हिस्ट्री नभई अर्जुन चौपारी गाउँपालिका –४ राम्चेका एक पुरुषको कोरोना भाइरसका कारण बिहीबार निधन भएको छ । यहाँका ५५ बर्षिया पुरुषको पोखरा क्षेत्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।मृतकलाई ज्वरो आएपछि असार ७ गते फेवा सिटीमा अस्पताल पोखरा लगिएकोमा कोरोनाको संकामा उपचार गर्न नमानेपछि गण्डकी क्षेत्रिय अस्पतालमा लगिएको थियो । गण्डकी अस्पतालमा निजको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएपछि भेन्टिलेटरमा राखेर असार ८ गतेबाट उपचार गरिएको थियो ।
आँधीखोलाका स्वास्थ्य प्रमुख निराजन लामिछाने कुनै ट्राभल हिस्ट्री नरहेको नीजलाई कसरी कोरोना स¥यो अचम्म रहेको बताउँछन् । मृत्यु भएका पुरुषको सम्पर्कमा रहेका आँधीखोलाका र अर्जुन चौपारीका ३५ जनाको लिस्ट तयार भएको बताउदै लामिछानेले शुक्रबार स्वाब लिएर परीक्षण गरिने बताए ।मृतक सङक्रमण भएसगै भेन्टिलेटरमा रहेकाले कन्ट्राक टे«सिङमा समस्या भएको बताउदै लामिछानेले उनको प्रत्यक्ष सम्पर्कमा रहेकाको परीक्षण पछि कोरोना भेटिएमा फेरी नयाँ लिस्ट तयार गर्नुपर्ने बताउँछन्। अहिले सम्म उनको प्रत्यक्ष सम्पर्कमा आएका घर, छिमेक, नातागोता र बाबुको श्राद्धमा आएका पण्डित सहितका परिवारललाई अर्जुन चौपारी ३, ४ र आँधीखोला १ का एक सय भन्दा बढिलाई होम क्वारेन्टाइनमा राखिएको छ ।उनको निधन सगै स्याङ्जा र गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको हो । यसअघि स्याङ्जा वालिङ १३ का ५८ वर्षका पुरुषको जेठ २५ गते क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । सुगर, मृगौला सहितको रोग रहेका वालिङ १३ का पुरुष भने भारतबाट आएर क्वारेन्टाइन हुदै पोखरा आइसोलेनमा मृत्यु भएको थियो भने आज मृत्यु हुने मृतकले राम्चे घर भई आँधीखोला गाउँपालिका १ पञ्चमुलमा किराना र खाजाको पसल गर्दै आएका थिए ।मृत्यु भएका पुरुष सुगर र उच्च रक्तचापका बिरामी रहेका थिए ।