कोरोना अपडेट : आज थप ४३४जनामा कोरोना संक्रमित पुष्टि, कुल संक्रमित संख्या ११ हजार नाघ्यो
काठमाडौं । असार–११,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराएकाछन्। आज मात्रै ४३४ जना थप कोरोना संक्रमित थपिएका छन् । यो संगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ पुगेको छ। काठमाडौँमा नौ जना नयाँ सङ्क्रमित थपिएका छन्, जसमा भक्तपुरका एक महिला, तीन पुरुष, काठमाडौँका दुई महिला, दुई पुरुष र ललितपुरका एक पुरुषमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा देशका विभिन्न २२ वटा प्रयोगशालामा छ हजार ५४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, आरडिटी विधिबाट चार हजार १६७ जनाको परीक्षण गरिएको थियो । आइसोलेसनमा रहेर कोभिड–१९ को उपचार गराइरहेका महिला १९ सहित ३१२ जना बिहीबार डिस्चार्ज भएका छन् । अहिलेसम्म दुई हजार ६५० जम्मा डिस्चार्ज भइसकेका छन् ।
प्रवक्ता प्रा.डा.गौतमका अनुसार, हालसम्म देशभरका क्वारेन्टाइनमा ७४ हजार २२ जना र आइसोलेसनमा आठ हजार ४८६ जना रहेका छन् । दुईवटा कलसेन्टरबाट बिहीबार ९७४ कल प्राप्त गरेको र बिहीबार वेभसाइटमार्फत् १६६ जनाले लक्षणसहितको केस दर्ता गरेको जनाइएको छ । ‘हाम्रो स्वास्थ्य’ एप मार्फत् समेत लक्षण गर्दा गराउने सुविधा प्राप्त छ । यसरी दर्ता गरिएका केसमा बिहीबार ५०९ जना रेडजोनमा परेका छन् । त्यसमध्ये एक जना काठमाडौँका रहेका छन् । कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षीय पुरुष र चितवनका ४९ वर्षीय पुरुष रहेका छन् ।स्याङ्जाका ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको थियो । उनको असार १० गते राति मृत्यु भएको हो ।त्यसैगरी महालक्ष्मी ५ ललितपुरका एक पुरुषको पनि मृत्यु भएको छ । उनको असार ११ गते बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुषको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो ।बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जनाए ।हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ गरी २६ जनाको मृत्यु भएको छ ।वाग्मती प्रदेशको रसुवावाहेक ७६ जिल्लामा कोरोना भाइरस सङ्क्रमित पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।