काठमाडौं उपत्यकामा कोरोना भाइरस तिब्र रुपमा फैलिँदै,आज मात्रै उपत्यकामा ३२ जना सहित थप ४७३ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या १४ हजार ५सय नाघ्यो
काठमाडौं। असार–१८, कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिएकाछन्। जसमध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् ।विगत २४ घण्टामा चारहजार ५३७ कोरोना परीक्षण भएको छ । अहिलेसम्म दुईलाख ३७ हजार ७६४ वटा परीक्षण भएको छ । क्वारेन्टाइनमा ३८ हजार १०९ र आइसोलेसनमा दशहजार १३७ रहेका छन् ।नेपालभर पाँच हजार ३२० डिस्चार्ज भएका छन् । बिहीबार देशभरबाट ६६४ जना निको भएर घर फर्केका् मन्त्रालयले जनाएको छ ।
यस्तै, सुनसरीका ४,मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, चितवनका २, वर्दियाका १, दाङका २, धादिङका १,दोलखाका २, गोर्खाका १, काभ्रेका १, मकवानपुरका १,पाल्पाका १,रामेछापका १,रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १,सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १,रसुवाका १, बागलुङका १,पर्वतका २, तनहुँका ३,स्याङजाका २, कास्कीका १,लमजुङका १६, दाङका २, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको छ ।भने कोरोना भाइरसका कारण थप एकजनाको काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । म्याग्दी जिल्ला धौलागिरि नगरपालिकाको वडा नम्बर ४ का ४९ दिनका एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको मन्त्रालयले जनाएको छ ।काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ। सरकारले लकडाउन खुकुलो बनाएसँगै मानिसको गतिविधि पनि बढ्दै गएपछि कोरोना भाइरस संक्रमण फैलिँदै गएको हो। उपत्यकामा चार दिनको अवधिमा ७१ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार मात्रै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले गरेको हो।नयाँ संक्रमित हुनेमा काठमाडौंका १७ महिला र ११ पुरुष गरी २८ जना , ललितपुरका २ जना पुरुष र भक्तपुरका २ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार सोमबार उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तै मंगलबार १४ जना र बुधबार १७ जना भाइरसबाट संक्रमित भएका थिए।