प्रचण्डसहित दुई वरिष्ठ नेता राष्ट्रपति कार्यालय शीतलनिवासमा
काठमाडौं। असार–२१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका २ वरिष्ठ नेता राष्ट्रपति कार्यालय शीतलनिवास पुगेकाछन् ।आन्तरिक विवादका कारण नेकपा विभाजनको संघारमा पुगेको बेला नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुअघि प्रचण्ड, २ वरिष्ठ नेता माधव नेपाल र झललनाथ खनाल तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका बताइएको छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवै संचालन गर्दा स्वेच्छाचारी ढङ्गले चलेको भन्दै पार्टीका अधिकांश नेताहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । तर ओलीले दुवै पद नछाड्ने अडान लिएपछि नेकपामा झनै संकट पैदा भएको हो ।प्रधानमन्त्री ओलीले शनिबार मन्त्री तथा राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाएर पार्टी विभाजनको संकेत गर्दै आफ्नो कित्ता क्लियर गर्न अनुरोध गरेका थिए ।उनले राष्ट्रपति र आफूमाथि ठूलो षड्यन्त्र भइरहेको समेत मन्त्रीहरुलाई बताएका थिए । त्यसपछि अहिले अध्यक्ष प्रचण्डसहितका नेताहरू शीतल निवास पुगेकाहुन्। राष्ट्रपतिसँगको भेटपछि पुनस् दुई अध्यक्षबीच छलफल हुुने स्रोतले बताएको छ।