नेकपा स्थायी कमिटी बैठक असार २६ सम्मका लागि स्थगित
काठमाडौं । असार–२४, नेकपाको स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले बुधबारका लागि तय भएको बैठक असार २६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।
यसअघि सोमबारका लागि तय भएको बैठक बुधबारका लागि सारिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो । १७ गते करिब एक घण्टा बसेर स्थगित भएको नेकपा स्थायी कमिटी बैठक त्यसयता पटक(पटक स्थगित गरिएको छ ।नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमतिका लागि भन्दै पटक(पटक छलफल भए पनि निष्कर्ष विहिन् बनेको छ। स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ ।पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास भैरहेको छ ।दुई अध्यक्ष एक्लाएक्लै छलफल गरेपनि सहमति भने भैसकेको छैन ।