अप्रत्यासित रुपमा बढ्दै सुनको मुल्य
सहयात्रा टिभी
काठमाडौं । असार–२४,बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ७ सय रुपैयाँले बढेको सुन बुधबार पुनः ६ सय रुपैयाँले बढेको बताइएको छ ।
नेपाल सनुचाँदी व्यवसायी महासंघले मूल्य बढेर छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको जनाएको छ । यसअघि असार १७ गते बुधबार तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।भने तेजावी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला नौ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।