काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

काठमाडौं । असार–२७,काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएका काठमाडौंका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्ण निवासी हुन् । उनको असार २५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
अस्पतालका निर्देशक डा. मुकुन्दराज जोशीले पीसीआर परीक्षणको रिपोर्ट भने शुक्रबार साँझ आएको बताएकाछन् । डा. जोशीका अनुसार ती व्यक्ति असार १९ गते निमोनियाको समस्या लिएर भर्ना भएका थिए । अस्पतालका अनुसार उनमा मिर्गौलाको समस्या पनि रहेको थियो ।डा. जोशीले कोरोना पुष्टि भएपछि मापदण्डअनुसार संक्रमितको शवलाई नेपाली सेनाले शनिबार बिहान व्यवस्थापन गरेको जनाए ।योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको बताइएको छ ।