पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि, कुल संक्रमित १६ हजार ७ सय १९ पुग्यो
काठमाडौं । असार–२७,पछिल्लो २४ घन्टामा थप ७० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो अवधिमा चार सय ३१ जना संक्रमित निको भएर घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म कुल संक्रमित १६ हजार सात सय १९ जना पुगेको जानकारी दिए ।हालसम्म संक्रमणमुक्त हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको छ। देशभरका २५ वटा प्रयोगशालामा तीन हजार ६ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।त्यसैगरी हाल क्वारेन्टाइनमा २४ हजार ९७ र आइसोलेनमा आठ हजार दुई सय ३९ जना रहेको गौतमले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।२६ गते मृत्यु हुने पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो । त्यस्तै गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो ।यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का अर्का १ संक्रमित पुरुषको असार २५ गते मृत्यु भएको थियो । क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्नाका २२ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।यो सँगै नेपालमा मृतकको संख्या ३८ पुगेको छ ।शुक्रबार १०८ , बिहीबार १०८, बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनामा कोरोना संक्रमण देखिएको थियो। यसरी हेर्दा कोरोनाको ग्राफ घट्दो छ। मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला जिल्लामा मा कोरोना संक्रमण शून्य भएको छ।