आज थप ११६ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या १७ हजार नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । असार–३१,पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको जानकारी दिएकाहुन् । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएको छ । योसँगै २,९८, ८२९ परीक्षण भएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा २४ हजार ५२७ र आइसोलेसनमा छ हजार ११३ रहेका छन् । ५२६ जना रेड जोनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नवलपरासीको एकजना रेड जोनमा परेकोडा.गौतमले बताए ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँमा सङ्क्रमित सङ्ख्या ७ पुगेको छ । काठमाडौँमा ७ जना, ललितपुर र भक्तपुरमा कोही पनि सङ्क्रमित नभएको मन्त्रालयले बताएको छ । भने आज थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु भएको छ । योसँगै भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।रौतहटका ३६ वर्षीय पुरूषको असार ३१ गते साढे २ बजे निधन भएको मन्त्रालयले जनाएको छ ।आज थप ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ११ हजार २५ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हो ।

प्रकाशित : 15 July, 2020

प्रतिक्रिया दिनुहोस्