नेकपाको सचिवालयको बैठक दिउँसो ३ बजे

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०३, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले आज सचिवालयको बैठक बोलाएको छ । दुई दिनका लागि पार्टीको स्थायी कमिटी बैठक स्थगित गरेको सत्तारुढ नेकपाले आज सचिवालयको बैठक बोलाएको हो ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न पटक–पटक नेताहरुबीच विभिन्न चरणमा छलफल भएपनि सहमति जुट्न सकेको छैन । स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको नेकपाले भोलि सचिवालयको बैठक बोलाएको हो । नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले आज दिउँसो ३ बजे सचिवालयको बैठक बस्न लागेको जानकारी दिए।

प्रकाशित : 18 July, 2020

प्रतिक्रिया दिनुहोस्