पटक-पटक स्थगित नेकपा स्थायी समिति बैठक पुन :सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०४,नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक पटक–पटक गर्दै आइतबारका लागि सारिएको फेरि पनि स्थगित भएको छ । नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्तिमार्फत् आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक मंगलबारका लागि सारिएको जानकारी दिएका छन्।

असार १० गतेबाट सुरु भएको नेकपा स्थायी समितिको बैठक १६ गतेपछि निरन्तर स्थगित हुँदै आएको छ । पार्टीभित्रको विवाद कायमै रहेकाले बैठक सार्दै स्थगित गर्दै, फेरि सार्दै गर्न क्रम जारी छ । असार २० पछि स्थायी समिति बैठक सारिएको यो छैटौं पटक हो।बैठकमा अधिकांश सदस्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्नै माग राखेपछि सुरु भएको विवादका कारण स्थायी समिति बैठक नै अन्योलमा परेको हो । २० गतेबाट २२, २४, २६, साउन २, ४ हुँदै फेरि साउन ६ गतेका लागि बैठक सारिएको स्रोतले जनाएको छ ।

प्रकाशित : 19 July, 2020

प्रतिक्रिया दिनुहोस्