बिहीबार राति पर्सामा ४४ जनामा कोरोना संक्रमण पुष्टि
पर्सा । श्रावण–१६,पर्सामा बिहीबार राति थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहितका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बिहीबार राति संक्रमण पुष्टि भएका ४४ जनामा १२ महिला र बाँकी सबै पुरुष रहेको जानकारी दिए ।कन्ट्याक्ट ट्रेसिङमा दुईजना चिकित्सकसहित ११ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको डा. उपाध्यायले बताए ।उनका अनुसार संक्रमण भएकामा नारायणी अस्पतालका स्टाफ नर्स, आइसियू, मेडिकल र ओपडी विभागमा कार्यरत स्वास्थ्यकर्मी रहका छन् । साथै एडभान्स मेडिकेयर अस्पतालसहित अन्य अस्पतालका स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको छ ।बाँकी संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेका र स्वैच्छाले पैसा तिरेर पिसिआर परीक्षण गराएकाहरू रहेको डा. उपाध्यायले बताए ।