आइसोलेशनमै कोरोना संक्रमित महिलाले जन्माइन् बच्चा
वीरगञ्ज । श्रावण–१६, वीरगञ्जको गण्डकमा रहेको नारायणी अस्पताल अन्तरगतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेशनमा कोरोना भाईरस संक्रमण पुष्टि भएर आइसोलेशनमा रहेकी एक ३१ वर्षिया महिलाले शुक्रबार छोरी जन्माएकीछिन् । कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकाछन् ।
ती ३१ वर्षिया महिलालाई बिहीबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सुत्केरी गराउन नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो । संक्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राती साँढे एक बजे ती संक्रमित महिलालाई कोभिड अस्पतालमा ल्याएको जनाइएको छ ।
सांकेतिक तस्बिर
बिहीबार राती अबेर आएको पिसिआर परिक्षण रिर्पोटमा उक्त गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो तर साझ नै सुत्केरी ब्यथाले च्यापेपछि सुत्केरी गराउन अस्पताल ल्याईएकाले कोरोना संक्रमण पुष्टि भएको जानकारी कुनैपनि परिवार सदस्य र स्वयम गर्भवती महिलालाई पनि थाहा थिएन ।अचानक कोभिड अस्पतालको स्वास्थ्यकर्मी सहितको टोली अस्पताल पुगेपछि ती गर्भवती महिला र उनका परिवारका सदस्यलाई कोरोना संक्रमणको बारेमा जानकारी भएको थियो ।कोभिड अस्पतालमा सुत्केरी गराउने दक्ष जनशक्ति नभएकाले बाहिर अन्य अस्पतालबाट नर्सलाइ बोलाइएको थियो । बिहान ४ बजेर १० मिनेट जाँदा बच्चाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सिंहले बताए।डा. सिंहले नवजात शिशुमा कोरोना भाईरसको संक्रमण छ छैन भनी परीक्षण गर्न स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको जानकारी दिए ।