सरकारले तोक्यो उपत्यकामा १४ वटा स्वाब संकलन केन्द्र

सहयात्रा टिभी

काठमाडौं । श्रावण –२०,स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले १४ वटा अस्पताललाई स्वाब संकलन गर्ने केन्द्र तोकेको छ। मन्त्रालयले पछिल्लो दिनहरुमा काठमाडौँमा जोखिम बढिरहेकोले शंकास्पद संक्रमितहरुको खोजतलास गर्ने काम तीव्र बनाइएको जनाएको छ।

सरकारले पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई नमुना संकलन गर्ने केन्द्रका रुपमा तोकेको छ।जोखिमयुक्त स्थानबाट आएका र शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई नजिकको केन्द्रमा गएर स्वाब दिन मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनका अनुसार, तोकिएका केन्द्रमा बिहान ९ बजे देखि १ बजेसम्म पुगेर नमुना दिन सकिने छ।यसबाहेक सम्पूर्ण हव अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमुना दिन सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित : 4 August, 2020

प्रतिक्रिया दिनुहोस्