फोहर संकलनमा काम गर्नेहरुको अहिले सम्म हुन सकेन कोरोना परीक्षण

सहयात्रा टिभी

काठमाडौ । श्रावण –२२, दैनिक फोहोर संकलनका लागि काम गर्ने कर्मचारीहरुको अहिलेसम्म कोरोना परीक्षण भएको छैन । उनीहरुले पटक पटक आफ्नो कोरोना परीक्षण गर्नु पर्ने माग गरे पनि अहिलेसम्म कहिँकतैबाट सुनुवाई नभएको उनीहरु बताउँछन् ।पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर बढेसँगै फोहोर मैला व्यवस्थापनमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्न आवाज उठाइरहेको पाइएको छ ।नेपाल सरकारले सर्वसाधारणमा कुनै पनि सामान छोएपछि वा केही समय–समयको अन्तरालमा साबुन पानीले हात धनु पर्ने सन्देश प्रवाह गरिरहेको छ । तर पेशा नै फोहर संकलन गर्नेहरु भने सरकारकै सन्देश पछ्याउनु परको कुरा अहिलेसम्म एक पटक पनि उनीहरुमा कोरोना परीक्षण हुन पनि सकेको छैन् । साथै उनीहरुले पटक पटक हात धुने भन्ने त परको कुरा स्यानिटाइजर प्रयोग गर्ने विषय पनि सम्भव देखिएको छैन ।

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरे भन्छन् , यतिका लामो समय सम्म फोहोर मैला क्षेत्रमा काम गरेका कर्मचारीको कोरोना परीक्षण गर्न आवश्यक छ ।काठमाडौं उपत्यका लगायत देशमा विभिन्न क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दो गतिमा फैलिरहेको छ । खासगरी शहरका विभिन्न क्षेत्रबाट फोहोर मैला संकलन गर्नुपर्ने अवस्था रहेको र यसमा काम गर्नेहरु संक्रमित हुने जोखिम अत्याधिक भएकाले परीक्षण गर्न माग गरेको भए पनि सुनुवाई नभएको घिमिरेले बताए । फोहोर व्यवस्था गर्ने संघ संस्था र कर्मचारी भने विना सुरक्षा फोहोर उठाउन बाध्य भएको बताउने गरेका छन् । उनीहरुलाई सुरक्षाको उपकरण र माध्यम दिइएको छैन । कोरोनाको संक्रमण फैलनु भन्दा अघि जसरी फोहर संकलन हुन्थ्यो अहिले पनि सोही तरीकाबाट नै संकलन हुँदै आएको छ । कोरोनाको संक्रमणपछि सरकारले फोहोर व्यवस्थापन गर्ने कर्मचारीका लागि मास्क, स्यानिटाइजर लगायतको व्यवस्था गरेको भए पनि प्रयाप्न हुन नसकेको संघका महासचिव घिमिरे बताउँछन्। महानगरपालिकाहरुले केही थान पिपिई सेट र मास्क दिएको भए पनि त्यो अत्यन्त थोरै भएको उनले बताए । काठमाडौं महानगरपालिका प्रवक्ता इश्वरमान डंगोलले फोहोर मैला व्यवस्थापन क्षेत्रमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस परीक्षण गर्ने विषयमा छलफल भइरहेको बताए ।‘कुराहरु आएका छन्, हामीले पनि छलफल गरिरहेका छौं सबैको परीक्षण गर्नुपर्छ भन्ने छ त्यसका लागि छलफलमा नै छौं ।’ डंगोल भन्छन् ।यसै बीचमा फोहोर व्यवस्थापन गर्ने सिस्डोलका बासिन्दा पनि कोरोनाको जोखिम हुन सक्ने भन्दै फोहोर फाल्न दिन कडाइ गर्दै आएका छन् ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक २ देखि २ सय ५० वटा फोहोरको गाडि सिस्डोल जाने गर्दछन् । कोरोना जोखिम बढेसँगै फोहोर व्यवस्थापनमा कमि आउनुका साथै कर्मचारी पनि डराउन थालेको उनी बताउँछन् ।‘कर्मचारीहरुमा कोरोना परीक्षण आफै गराउने सक्ने अवस्थामा छैनन् । सम्भावित कर्मचारीको कोरोना परीक्षण गर्न महानगरसँग अनुरोध गरे पनि कार्यन्वयन भएको छैन’ घिमिरे भन्छन ‘हामीले पटक पटक फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीको परीक्षण गराउँन भनेका छौं मास्क, पिपिई लगायतको माग पनि गरेको छौं केही थान मास्क पाए पनि प्रयाप्त कर्मचारीले पाउन सकेका छैनन ।’सरकारले जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीलाई कोरोना बीमा गर्नेदेखि निःशूल्क परीक्षण गर्नेसम्म निर्धारण गरिएको छ । तर, दैनिक फोहोर मैलामा काम गर्ने अधिकांश कर्मचारीको कोरोना बीमा समेत गरिएको छैन ।

प्रकाशित : 6 August, 2020

प्रतिक्रिया दिनुहोस्