स्तन क्यान्सर: घरमै गर्न सकिन्छ परिक्षण
काठमाडौं । श्रावण–२५,किशोरावस्थामा महिनावारी सुरु हुनुअघि महिलाको स्तनको बृद्धि हुन सुरु हुन्छ । यौवनावस्थामा प्रत्येक केटिको स्तनमा नियमित रुपमा परिर्वतन हुन्छ । जब स्तन बढ्दै जान्छ स्तनभित्र एक प्रकारको गिर्खा महशुस गर्न सकिन्छ ।हामीले अनुहार ,कपालको जसरी स्याहार गर्छौ स्तनको पनि त्यतिनै ख्याल गरेमा पछिल्लो समय धेरै महिलाहरुमा देखिएको स्तन क्यान्सरको जोखिम बारे समयमै थाहा पाउन सकिन्छ । स्तन क्यान्सर समयमा नै उपचार गराएपछि पुर्ण रुपमा निको हुन्छ ।महिनावारी भएको एक साता पछि आफ्नो स्तन आफैँ परिक्षण गर्ने सबैभन्दा उपयुक्त समय हो । यस समयमा स्तनहरु दुद्यने तथा ठुलो हुने गर्दछ । नुहाउने समयम वा नुहाइसकेपछि ऐना अगाडि गएर परिक्षण गर्नु उपयुक्त हुन्छ ।
स्तन परिक्षण गर्ने तरीका
*कपडा नलगाई ऐना अगाडि उभिएर दुवै स्तनलाई समानता, आकार, बनोट, मुन्टोको अवस्था, छालाको रंग र नरमपनाको फरक तथा स्तनमा रहेको कुनै पनि गिर्खालाई ध्यानसँग हेर्ने
*देब्रे हात उठाउनेअनि दाहिने हातले देब्रे स्तनाको परिक्षण गर्ने
*देब्रे हातका बिचका नितवटा औंलाहरुको संबेदनशिल भाग ९ल्याप्चे लगाउने भाग० ले स्तनको वरीपरि गोलाकार रुपमा बिस्तारै मालिश गर्दै औंला नउचालिकन टुप्पोतिर लैजाने
*स्तनलाई औंलाले दबाएर विभिन्न किसिमका तन्तुहरु अनुभब गर्ने । पहिले बिस्तारै दबाब दिएर छालालाई मात्र परिक्षण गर्ने अनि मध्यम दबाब दिएर बिचका तन्तुहरु महशुस गर्ने र अन्तमा जोडले दबाब दिएर करङसम्म औंला पुर्याई भित्री गिर्खा, दुखाई तथा असहजता खोजी गर्ने
*पुरै स्तन, छाती, पाखुरामुनी, काखि, ब्युटि बोन र काधँ वरीपरि छाम्ने
*यसरी देब्र स्तन परिक्षण गरेपछि दाहिने स्तनलाई देब्रे हातले परिक्षण गर्ने
*स्तनलाई ठुलो ऐनामा हेर्ने । स्तनको आकार, रंग, चाउरिपना, मुन्टो आदि हेर्ने । त्यसपछि स्तनको मुन्टोलाई बिस्तारै दबाएर त्यसबाट निस्कने तरल पदार्थ हेर्ने
स्तनको आकार, प्रकार, रंग, नँया गिर्खा, तरल पदार्थ आदिमा परिर्वतन महशुस भएमा, बढि दुखेमा, निको नहुने, घाउ भएमा स्तनको मुन्टो स्तनतिर फर्किएमा, स्तनको छेउमा, काखिमुनी गिर्खा महशुस भएमा सम्बन्धित बिशेषज्ञसँग परमार्श लिनु पर्छ ।
महिला स्वास्थ्यबाट