दाँत दुखाईबाट छुटकारा पाइने यस्ताछन् घरेलु उपायहरु
काठमाडौं । श्रावण–२५, दाँत दुखाई धेरेजसो मानिसहरुले भोगेको समस्या हो । दाँतको दुखाइ धेरै पीडादायी हुन्छ। दाँत दुखाई कम गर्ने एलोप्याथिक औषधिहरू बजारमा पाइन्छन् । तर कहिलेकाहिँ तिनीहरूको अत्याधिक सेवनले साइड इफेक्टको जोखिम बढाइरहेको पाइएको छ।दाँत दुख्नाले आफुलाई मनपर्ने खाना खान पाउदैनौं । कहिलेकाँही गलत खानेकुरा खादाँ दाँतमा पीडा हुनसक्छ । त्यसकारण धेरैजसो व्यक्तिले घरेलु उपचारहरू खोजिरहन्छ।दाँत बिग्रिनुको मुख्य कारण मुखको सफाईको अभावको हो । जसका कारण दाँत दुखाईको समस्या झेल्नुपर्ने हुन्छ । मुखको सरसफाइको अभाबमा दाँतको संक्रमण हुन्छ । संक्रमणले दाँतलाई असर गर्छ। जसको कारण दाँत सड्न थाल्छ। दाँत दुख्ने, दाँत क्षय हुन्छ।
दाँत दुखाइको समस्यालाई समाधान गर्न, केही घरेलु उपचारहरूको सहयोगमा राहत पाउन सकिन्छ।दाँत दुख्ने समस्याबाट राहत पाउनका लागी यस्ता उपाय अपनाउन सकिन्छ :
*एउटा काँचो प्याज दिनहुँ खानेले दाँतको दुखाइबाट राहत पाउन सकिन्छ,
*प्रत्येक तीन मिनेटमा प्याजको एक टुक्रा खादाँ यसले चाँडै दाँतको दुखाइलाई कम गर्छ।
*दाँतमा दुखाइको कारण धेरै प्रकारका समस्याहरू भोगिरहेका छन् । रायोको तेलको केही थोपामा केही नुन थपेर मिश्रण बनाउनुपर्छ। अब यो मिश्रणले गमहरू मसाज गर्नुहोस्। यसले दाँतको दुखाइबाट राहत दिन्छ ।
*कागतीमा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। दाँतको दुखाइमा लेमन स्ट्रान्ड लगाएमा सजिलै दाँतको दुखाइ कम गर्दछ।