पहिलो पटक भीआईपीलाई कोरोना संक्रमण

सहयात्रा टिभी

बुटवल। श्रावण–२५, प्रदेश ५ की सांसद कृष्णा केसी कोरोना संक्रमित भएकी छन्।बाँकेबाट प्रदेशसभामा सदस्य भएकी उनमा पीसीआर परीक्षणका क्रममा शनिबार कोरोना पोजेटिभ देखिएको हो।

सांसद केसीले आफू कोरोना पोजेटिभ भएको र आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्दै सचेत हुन सामाजिक सञ्जालबाट आह्वान गरेकी छन्। निर्वाचन क्षेत्रमा कोरोनाविरूद्ध काम गरिरहदा संक्रमित भएको हुन सक्ने उनले बताएकी छन्।झन्डै ५ हजार संक्रमित भएको प्रदेश ५ मा भीआईपीलाई संक्रमण देखिएको यो पहिलो हो। यसअघि स्थानीय तहका जनप्रतिनिधिमा संक्रमण देखिएको थियो। प्रदेशका बाके, रूपन्देही, कपिलवस्तु, बर्दिया, नवलपरासीमा समुदाय स्तरमा कोरोना देखिएको छ। यीमध्ये चार जिल्लामा निषेधाज्ञा यथावत नै रहेको छ।प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमित निको हुने दर ९० प्रतिशतभन्दा माथि छ।

प्रकाशित : 9 August, 2020

प्रतिक्रिया दिनुहोस्