किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको आज मृत्यु
सहयात्रा टिभी
काठमाडौं । श्रावण–२६,ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको छ। किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ।
ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको आज सोमबार दिउँसो ४ बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । आजै स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।