नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप ५सय २५ जनामा कोरोना पुष्टि,कुल संक्रमित संख्या २५हजार नजिक

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२९, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै १३८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंका १११ जना, भक्तपुरका ५ जना र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको जानकारी दिएकाछन्।यस्तै बिहीबार थप ५२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको हो ।बुधबार मात्रै ४८४ जनामा कोरोना संक्रमण देखिएको थियो।यस्तै सक्रिय संक्रमितको संख्या ड हजार २छ पुगेको छ। मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जित्नेका छन्। क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७६९ जना पुगेको छ भने आइसोलेसनमा ८ हजार २५ जनाको उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना भाइरसबाट २४ घन्टामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १र१ जना गरी ४ जनाको मृत्यु भएको हो ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।यस्तै अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए ।मोरङको विराटनगर महानगरपालिका—३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको उनले बताए । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित : 13 August, 2020

प्रतिक्रिया दिनुहोस्