सिन्धुपाल्चोक पहिरो : तेह्रको शब फेला, ११ को सनाखत, २६ जनाको खोजी जारी

काठमाडौं । श्रावण–३१,सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा पुरीएरका १३ जनाको शब फेला परेको छ भने ११ जनाको सनाखत भएको बताइएको छ । शुक्रवार विहानको पहिरोमा पुरिएका ३८ मध्ये ११को शव निकालिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष ३६ की टिकामाया दोङ, १४ का छिरीङ दोङ, ८ का मिलन दोङ, ५ का सानु दोङ, ७० का जयबहादुर दोङ, ३० की दावा लमु दोङ, ५ की प्रिती दोङ, ५ की तारालामु दोङ, ३४ की धनमाया दोङ र ४ महिनाकी रेमीश दोङको सनाखत भएको हो ।जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले आज विहान थप दुई शव फेला परेको जानकारि दिएकीछिन्। लिदी पहिरोमा हराईरहेका ३८ भनिए पनि थप एकजना पनि हराएको खुल्न गएको तामाङले जानकारी दिइन् ।‘वेपत्ता भएकाहरुको खोजी विहानैवाट सुरु भएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भने, ‘नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरीएकाहरुको खोजी सुरु गरेका छन् ।’ घाइतेहरु रुपबहादुर दोङ, जुनुमाया दोङ, केवरीङ दोङ र पासाङ दोङको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने यामुलामा दोङको काठमाडौको सिभील अस्पतालमा उपचार भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।