भरतपुर अस्पतालका मेसुसहित तीन चिकित्सकमा कोरोना पुष्टि

सहयात्रा टिभी

चितवन । श्रावण–३२, चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण भएको छ ।अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालका मेसु डा. तिवारीलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएकाछन् । आइबार बिहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसूति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएकाहुन्। अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका अध्यक्ष डा. अधिकारीका अनुसार सङ्क्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको रअस्पतालका मेसु डा. तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा बसेको बताइएको छ । डा. तिवारी कोरोना सङ्क्रमित बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिँदै आइरहेको अस्पतालले बताएको छ ।कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब सङ्कलनबाट भरतपुर महानगरपालिका वडा नं। ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका रहेका छन् । यस्तै महिलाहरू २२ देखि ३९ वर्ष उमेर समूहका छन् । रत्ननगर नगरपालिका क्षेत्रका चार जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका वडा नं.५ र १२ का तीन पुरुष र एक महिला रहेका छन् । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षीया हुन् ।त्यसैगरी खैरहनी नगरपालिका वडा नं. ८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टिनमा थिए । यस्तै भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । शनिबार कुल ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ वटा नमूनाको नतिजा नेगेटिभ आएको बताइएको छ ।

प्रकाशित : 16 August, 2020

प्रतिक्रिया दिनुहोस्