एसईई नतिजा आज सार्वजनिक

काठमाडौं । भाद्र–०१, राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।बोर्डले सोमबार ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो ।
एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए ।बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले करिब १० हजार जनाको परीक्षा विभिन्न कारणले रद्द भएको जानकारी दिए ।उनी भन्छन्,”विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गर्यौं । गत वर्ष जस्तो नतिजा विश्लेषण गरेनौं ।”