जिपको ठक्करबाट एक प्रहरीको ज्यान गयो, एक घाइते

काठमाडौं । भाद्र–०३,बोलेरो जिपले ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरीलाई पोखरामा एक प्रहरी जवानको ज्यान गएको छ । दुर्घटनामा अर्का एक प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।
कास्कीमा मंगलबार राति १२ बजेबाट निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञा जारी भएको एक घन्टापछि नै मंगलबार राति करिब एक बजे मालेपाटनमा ग.२च २६२६ नम्बरको बोलेरो जिपले प्रहरी सवार रहेको ग.१ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलचालक प्रहरी जवान २० वर्षीय चन्द्रबहादुर बगालेको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार ठक्करबाट गम्भीर घाइते प्रहरी जवान बगालेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा राति १स्५० मा ज्यान गएको बताइएको छ । दुर्घटनामा क्विक रेस्पोन्स टिमका ३४ वर्षीय प्रहरी हवलदार डम्बरबहादुर थारू गम्भीर घाइते भएका छन् । उनकोे गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । जिपचालक पोखरा– ५ का २३ वर्षीय विशाल केसी प्रहरी नियन्त्रणमा रहेको बताइएको छ।