थप एक जना कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

बाँके । भाद्र–१०, मंगलबार ३७ वर्षीय कोरोना संक्रमितको बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१ का ती पुरुष सामान्य रुघाखोकी देखिएपछि सोमबारदेखि अस्पताल उपचार गराइरहेका थिए ।प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्घले भने ‘रुघाखोकी लागेर अस्पताल पुग्नुभएको रहेछ । राति १ बजेर ३० मिनेटमा मृत्यु भएको हो’ ।योसँगै बाँकेमा हाल सम्म कोरोना बाट पाँच जना मृत्यु भइसकेको छ ।

प्रकाशित : 26 August, 2020

प्रतिक्रिया दिनुहोस्