कोरोना सङ्क्रमित महिलाले जन्मदिईन् छोरी
काठमाडौं । भाद्र–१७, कोरोना सङ्क्रमित एक महिलाले बच्चा जन्माएकीछिन् । पनौती नगरपालिका वडा नं.४ की ३४ वर्षीय महिलाले धुलिखेल अस्पतालमा छोरी जन्माएकीहुन् ।धुलिखेल अस्पतालका प्रवक्ता प्रा.डा. सुमनराज ताम्राकारले ‘जोखिम’ मोलेरै तर स्वास्थ्य सुरक्षा अपनाएर अस्पतालले सुरक्षित गर्भवती गराएको जानकारी दिए । स्टाफ नर्स ममता राई र नर्सिङ इन्स्ट्रक्टर सरिना शाक्यको टीमले सङक्रमित गर्भवतीलाई प्रसूति गराउन सफल भएको बताइएको छ । उनले दुई किलो नौ सय ग्राम तौलको शिशु जन्माएकीहुन । बच्चा र आमा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
काठमाडौँमा अस्थायी बसोबास गर्ने ती महिलाले थापाथलीस्थित प्रसूति गृहमा गर्भावस्थाको नियमित जाँच गराउँदै आउएकीथिइन् । सो क्रममा पीसीआर परीक्षणबाट उनीमा कोरोना पोजिटिभ देखियोको पाइन्छ। उनी स्थायी बसोबास भएकै पनौती–४ स्थित घरमै फर्केर आइसोलेसनमा बस्न थालेको बताइएको छ । पनौती नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाले मङ्गलबार विहान सुत्केरी व्यथा लागेको खबर आएलगत्तै नगरपालिकाले एम्बुलेन्सको व्यवस्थासहित धुलिखेल अस्पतालमा समन्वय गरिदिएको बताए । मङ्गलबार दिउँसो पौने ३ बजे ती गर्भवतीको सफल प्रसूति भएको थियो ।अस्पतालका अनुसार उनलाई थप एक हप्ता अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिने र पीसीआर परीक्षणमा कोरोना भाइरस सङक्रमण नेगेटिभ आएपछि मात्रै घर पठाइने अस्पतालले जनाएको छ । नवजात शिशुको पनि परीक्षण हुने बताइएको छ ।