सुनको मूल्य तोलामा ९ सय घट्यो

सहयात्रा टिभी

काठमाडौं । आश्विन– ०१, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । आज ९६ हजार ६०० मा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार ९७ हजार ५०० मा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य पनि ९ सय रुपैयाँ ओरालो लागेको छ । बुधबार ९७ हजारमा कारोबार भएको तेजाबी सुन आज ९६ हजार १०० कायम भएको छ। चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ कम भएको छ । आज एक हजार ३२० मा कायम भएको छ भने बुधबार एक हजार ३४० मा कारोबार भएको थियो।

प्रकाशित : 17 September, 2020

प्रतिक्रिया दिनुहोस्