वीपीमा थप २३ जनाको कोरोना रिपोर्ट पोजेटिभ

काठमाडौं । आश्विन– ०१, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा २३ जनाको रिपोर्ट पोजेटिभ आएका छ । त्यहाँ अहिले २५ जना आइसोलेसनमा रहेको प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।
अहिलेसम्म प्रतिष्ठानमा उपचार गराएका २८ जना कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ। अस्पतालमा अहिलेसम्म ७ सय ७६ जना संक्रमित भर्ना भएकोमा ७ सय ११ जना ठीक भएर फर्केका छन् । भने अहिलेसम्म ५२ हजार ५१ जनाको परीक्षण गरिएकोमा २ हजार ३१८ पाजेटिभ आएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म दिएको अपडेट जानकारी अनुसार देशभर कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ भने संक्रमितमध्ये ४१ हजार ७०६ जना निको भइसकेका छन् । ३७९ जनाको मृत्यु भएको छ ।