नेकपा सचिवालय बैठक पुन: सर्यो
सहयात्रा टिभी
काठमाडौं । असोज–०२, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सचिवालय बैठक आइतबारको लागी सरेको छ।महासचिव विष्णु पौडेलले शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बस्ने गरी सारिएको जानकारी दिए।
बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठकबस्ने निर्णय भएको थियो। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको हो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो।सचिवालय बैठकले समसामयिक र पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने पौडेलले जानकारी दिए। पेरिसडाँडामा हुने बैठकमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमासमेत छलफल हुने जनाइएको छ।