फेरि बढ्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । असोज–०२, बिहीबार मात्र ९ सयले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला ४ सयले बढेर तोलामा ९७ हजारले कारोेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको छ। बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ। यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३३० तोकिएको छ।

प्रकाशित : 18 September, 2020

प्रतिक्रिया दिनुहोस्