उपत्यकामा बुधबार थपिए ६३७ जना कोरोना संक्रमित
सहयात्रा टिभी
काठमाडौं । असोज–०७, काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन् ।
काठमाडौंमा ४९२ जना, ललितपुरमा ५० जना र भक्तपुरमा ९५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। स्तै, बुधबार नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ। कूल कोरोना सङ्क्रमितको संख्या १७ हजार ९२७ पुगेको छ।