वामदेव गौतमविरुद्धको मुद्दा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
सहयात्रा टिभी
काठमाण्डौं । असोज–१४, नेकपा नेता वामदेव गौतमविरुद्धको मुद्दा संवैधानिक इजलासमा पेशी तोकिएको छ । संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलास गठन भएको छ।
यसअघि एकल इजलाशले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो । सर्वोच्चको उक्त आदेशपछि गौतम मन्त्री बन्न नपाउने अवस्था आएको थियो।