प्रदेश नम्बर ५ को राजधानी दाङको भालुवाङमा बनाउने निर्णय
सहयात्रा टिभी
काठमाडौं । असोज–१७, प्रदेश नम्बर ५ को सरकारले प्रदेशको राजधानी दाङको भालुवाङमा बनाउने निर्णय गरेको छ। प्रदेश सरकारको बैठकले प्रदेश नं ५ को स्थायी राजधानी बारे निर्णय गरेको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेपछि प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले दाङलाई राजधानी तोकेको हो। दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको छ।