सचिवालयका सदस्य र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नेकपाको सचिवालय बैठक स्थगित
सहयात्रा टिभी
काठमाडौं । असोज–१८, सत्तारुढ दल नेकपाको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी शनिबार स्थगित भएको बैठक अर्को मिति तय नभएसम्मका लागि स्थगित भएको हो ।
सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो। आगामी बैठकको भने मिति तय गरिएको छैन।