स्वास्थ्य मन्त्रालय भन्यो, जहाँ छौं त्यहीँ बसेर दशैं मनाउ

सहयात्रा टिभी

काठमाडौं । असोज–१८, स्वास्थ्य मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका लक्षणसहितका संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्ने भएको छ। भर्ना भएको १० दिनमा पीसीआर परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आएमा तुरुन्तै डिस्चार्ज गर्ने र पोजेटिभ आएमा थप ४ दिन राखेर परीक्षण नगरी डिस्चार्ज गरिने छ। कोरोना संक्रमणको जोखिम उच्च रहेकाले जो जहाँ छ। त्यही बसेर दसैँ मनाउने गरी व्यवस्थापन गर्ने निर्णय पनि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टिमको आइतबारको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार लक्षण नभएका संक्रमितलाई भने आइसोलेसनमा १४ दिन राखी परीक्षण बिना नै डिस्चार्ज गरिने निर्णय भएको छ। इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले निजी स्वास्थ्य संस्थाका स्वास्थ्य सेवा र शुल्कका बारेमा पनि कडाइका साथ अनुगमन गर्ने निर्णय पनि गरेको प्रवक्ता गौतमले बताए। कुनै पनि किसिमका गोष्ठी, सेमिनार बैठक नगर्ने निर्णय पनि गरेको छ।

 

प्रकाशित : 4 October, 2020

प्रतिक्रिया दिनुहोस्