सुनको मूल्यमा गिरावट

सहयात्रा टिभी

काठमाडौं । असोज–१९, सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो ।


यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो।

प्रकाशित : 5 October, 2020

प्रतिक्रिया दिनुहोस्