प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दुई तिहाइले पारित
सहयात्रा टिभी
काठमाडौं । असोज–२०, प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने पक्षमा २ तिहाइ बहुमत प्राप्त भएको छ । मंंगलबार बसेको प्रदेश सभाको बैठकले दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो ।
प्रदेश सभामा आज भएको मतदानमा भालुवाङको प्रस्तावमा ६९ सांसदको मत परेको छ । त्यस्तै बिपक्षमा १३ सांसदको मत परेको छ । गत शुक्रबार प्रदेश नम्बर ५ सरकारले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको थियो । प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।