कोरोना भाइरस संक्रमणका कारण गौतमको मुद्दाको सुनुवाइ अनिश्चित

सहयात्रा टिभी

काठमाडौं । असोज–२१, कोरोना भाइरस संक्रमणका कारण नेकपा उपाध्यक्ष वामदेव गौतमको मुद्दा अनिश्चित बनेको छ । कोरोना भाइरस संक्रमणका कारण सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश क्वारेन्टिनमा बसेपछि पुष्टि भएपछि नेता गौतमको मुद्दाको सुनुवाइ अनिश्चित भएको हो ।


सर्वोच्चका प्रधानन्नयाधीश चोलेन्द्र शमशेर जबरा होम आइसोलेसनमा छन् । अर्का न्यायाधीश पुरुषोत्तम भण्डारी कोरोना संक्रमणपछि आइसोलेशनमा छन्। शुक्रबार नेता वामदेवको तर्फबाट पूर्व न्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता प्रा.डा. युवराज संग्रौला, राघवलाल वैद्य, शेरबहादुर केसीलगायतले बहस गरेका थिए। प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित भएका गौतमको राष्ट्रियसभा नियुक्ति बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमले असोज ५ गते सर्वोच्चमा रिट दायर गरेका थिए । गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रियभामा मनोनित गरेकी हुन् ।

रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले गौतमलाई तत्काल कामकारबाही नगर्न आदेश दिएको थियो । असोज १४ गते रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता त्रिपाठी, अधिवक्ता बद्रीबहादुर कार्की, हरि उप्रेतीलगायतले बहस गरेका थिए। गौतमको तर्फबाट महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले बहस गरेका थिए। असोज १४ गते बहस नसकिएपछि १६ गतेका लागि तोकिएको सुनुवाइ पुन हेर्दाहेर्दैमा बुधबारका लागि सरेको हो । ​

प्रकाशित : 7 October, 2020

प्रतिक्रिया दिनुहोस्