तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

सहयात्रा टिभी

काठमाडौं । कार्तिक –१८, नेपाली कांग्रेसले सांसद सूर्यबहादुर केसीको निधनप्रति शोक व्यक्त गर्दै पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने बताएको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले कात्तिक १८, १९ र २० गते केन्द्रीयसहित सबै जिल्लाका कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।पार्टी सचिव कृष्णप्रसाद पौडेलले बैठकले कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने समेत निर्णय गरेको जानकारी दिएकाछन् । त्यसैगरी स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय समेत भएको छ ।केसीको कात्तिक १७ गते राति पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो ।

प्रकाशित : 3 November, 2020

प्रतिक्रिया दिनुहोस्